काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता शुशील भट्ट काठमाडौँ क्षेत्र नम्बर ७ बाट कांग्रेसको महासमिति सदस्य सर्वसम्मत चयन भएका छन् । नेविसंघको पूर्व केन्द्रीय सदस्य समेत रहेका भट्ट जारी क्षेत्रीय अधिवेशनबाट महासमिति सदस्य चयन भएका हुन् ।
भट्टसँगै, सविन तमाङ, श्रृजना सिंह, प्रमिला सिंह ड्गोल, कमला राजभण्डारी, अन्जु सिंह चौधरी पनि सर्वसम्मत चयन भएका छन् । अरु सदस्यका लागि भने चुनाव हुने भएको छ।
स्कुले जिवनमै स्कुल स्कुल अभियानबाट विद्यार्थी राजनीतिमा जवरजस्त उदायका भट्ट कांग्रेस भित्र नयाँ पुस्ताका प्रभावशाली नेता मानिन्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
