जनतालाई संविधान बाँड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालको संविधान जनताको घरघरमा बाँडन सरकारलाई आदेश दिएको छ । अधिवक्ता विकास भट्टराईको रिटमाथि भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले संविधानको ‘गोजी पुस्तिका’ छापेर प्रत्येक घरबास वा धुरीमा उपलब्ध गराउन सरकारलाई आदेश दिएको हो ।

सर्वोच्चले ५ बुँदे आदेशमार्फत संविधान ६ महिनाभित्र जनताको घरमा पुर्‍याउन भनेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ बुधबारमा सर्वोच्चको वेबसाइटमा राखिएको छ ।

Advertisement

अदालतले न्यूनतम रुपमा प्रत्येक घरमा सानो आकारमा र न्यूनतम खर्चमा छापिएको संविधानको प्रति राज्यले उपलब्ध गराउन सक्ने अवस्था रहेको भन्दै निःशुल्क संविधानको किताब बाँड्न नसकिने सरकारको जिकिरलाई समेत खारेज गरिदिएको छ ।

More News last news
Loading...