सिनामंगलमा खुल्यो नि:शुल्क सेवा दिने आरु क्किनिक

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित पुरानो सिनामंगलमा सर्वसाधारणका लागि निःशुल्क क्लिनिक सेवा सञ्चालनमा आएको छ । ‘आरु क्किनिक’ नामक उक्त क्लिनिकलाई पेप्सीलगायत बहुराष्ट्रिय कम्पनी बरुण बेभरेज नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सञ्चालनमा ल्याएको हो ।

बरुण बेभरेजका अनुसार उक्त क्लिनिकमा दुईजना विशेषज्ञ चिकित्सक र नर्सलाई राखेर दिनभर सर्वसधारणलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिने छ । क्लिनिक उद्घाटन कार्यक्रममा बोल्दै बरुण वेभरेजका नेपाल प्रमुख विशाल सिंह ठाकुरले वयोद्धा अस्पतालसँगको सहकार्यमा बरुण वेभरेजका अध्यक्ष धारा जयपुराको सक्रियतामा आम जनतालाई निशुःक सेवा प्रदान गर्नेगरी आरु क्लिनिक सञ्चालनमा ल्याएको बताए ।

Advertisement

उनले भने, ‘कम्पनीको सामाजिक उत्तरदायित्वअनुरुप जहाँ जहाँ बरुण बेभरेज छ, त्यहाँ त्यहाँ निशुल्क क्लिनिक सञ्चालन गर्ने उद्देश्यअनुसार आरु क्लिनिक सञ्चालनमा ल्याइएको हो ।’ आरु क्लिनिकमा जो आएपनि सबैखाले सेवा निशुल्क प्रदान गरिने पनि उनले बताए ।

त्यस्तै, क्लिनिक उद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका स्वास्थ सेवा विभागका प्रमुख रामप्रसाद पौडेलले बरुण वेभरेजलेले राम्रो काम गरेको भन्दै अरु कम्पनीले पनि सिक्नुपर्ने बताए । उनले आरु क्लिनिकले प्रदुषणरहित सेवा दिनेसमेत बताए । साथै, आरु क्लिनिकले एउटा मात्र सेवा (ओपीडी) दिएपनि यसबाट नगरका धेरैले लाभ लिनसक्ने उनले विश्वास व्यक्त गरे ।

More News last news
Loading...