न्युज अभियानकर्मी सागर श्रेष्ठ एनएफपीजे ‘प्रेसिडेन्ट अवार्ड’ बाट सम्मानित

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले यसै वर्षदेखि घोषणा गरेको ‘प्रेसिडेन्ट अवार्ड’ सागर श्रेष्ठले हात पारेका छन् । अध्यक्षको स्वविवेकले उत्कृष्ट काम गर्नेलाई दिने भनिएको यस वर्षको अवार्ड संस्थाका कोषाध्यक्ष श्रेष्ठले पाएका हुन् ।

शनिबार काठमाडौंको तीनकुनेमा आयोजित २६औँ वार्षिकोत्सवको कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो र विशिष्ट अतिथि राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र संस्थाका वरिष्ठ उपाध्यक्ष सुशीलकुमार श्रेष्ठबाट कोषाध्यक्ष श्रेष्ठलाई सम्मान(पत्र प्रदान गरिएको थियो।

कोषाध्यक्ष श्रेष्ठ राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपीजे० नेपालको २ कार्यकाल कोषाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् । उनी न्युजअभियान डटकममा कार्यरत रहेका छन्।

More News last news
Loading...