काठमाडौं । नेपाल शिक्षक संघका तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले हालै सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक २०८० प्रति असहमति जनाउँदैं आएका आन्दोलित शिक्षकहरुका लागि खानेपानीको व्यवस्थापन गरेका छन् ।
गत बुधबार देखि माईतीघर, बानेश्वर क्षेत्रमा जारी आनदोलित रहेका शिक्षक र सुरक्षामा खटिएका सुरक्षा कर्मचारीलाई खानेपानीको व्यवस्थापन गरेका हुन्।
यस्तै आन्दोलनमा खटिएका शिक्षकहरुले गरेको फोहोर ब्यवस्थापनमा पनि भट्टराईकै टिक सक्रियता साथ लागिरहेको छ । फोहोर व्यवस्थापन टिममा खटेका अर्का शिक्षक नारायण पोखरेलका अनुसार आन्दोलन सकिएपछि आफूहरु फोहोर व्यवस्थापनमा खट्ने गरेको बताए।
भट्टराईका अनुसार आन्दोलन अवधिभर पानी, एम्बुलेन्स तथा फोहर व्यवस्थापन आफूले गरिदिने बताएका छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
