विश्व शान्ति दिवसको अवसरमा आत्मज्ञान प्रचार संघमा भव्य कार्यक्रम सम्पन्न

काठमाडौँ । विश्व शान्ति दिवसका अवसरमा काठमाडौँस्थित आत्मज्ञान प्रचार संघमा भव्य कार्यक्रम सम्पन्न भएको छ। केन्द्रीय कार्यालय समाखुशीसहित देशभरका झण्डै पाँच सय शाखामा शान्ति दिवस मनाइएको केन्द्रले जनाएको छ।

आत्मज्ञान प्रचार संघकी कार्यकारिणी सदस्य गीता श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रमा पुर्वमन्त्री रामकुमार श्रेष्ठको प्रमूख आतिथ्यता तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त डा. साबित्री थापा गुरुङको विशेष आतिथ्यतामा रहेको थियो ।

Advertisement

कार्यक्रममा सामाजिक अभियन्ता नरेन्द्र गुरुङ, कविर आश्रमका गुरु आर्दश साहिल, नेपाली सेनाका जर्जसाब विनोद पाण्डे शिक्षाबिद् तथा समाजसेवी डा. विमला शाक्य लगायतविभिन्न पेशा व्यवसायमा आवद्ध झण्डै चार सय जनाको सहभागिता रहेको थियो ।

यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिसः आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको थियो । संयुक्त राष्ट्र संघीय मानव अधिकारसम्बन्धी घोषणा जारी भएको पनि ७५ वर्ष पुगेको छ। सेप्टेम्बर २१ लाई विश्व समुदायले ‘अल्जाइमर्स डे’ का रूपमा पनि मनाउँदै आएको छ।

युद्ध नहुनु मात्रै शान्ति होइन : पूर्वमन्त्री श्रेष्ठ

विश्व शान्ति दिवसका अवसरमा आत्मज्ञान प्रचार संघद्वारा आयोजित कार्यक्रमका प्रमूख अतिथि तथा पूर्वमन्त्री रामकुमार श्रेष्ठले देश देशबीच युद्ध, समाजमा द्धन्द नहुनु मात्रै शान्ति नभएको बताएका छन् ।

श्रेष्ठले भने, विश्वभर यो शान्ति दिवस मात्रै मनाएर शान्ति फैलिँदैन । पहिलो कुरा त मानवको भित्री मनमा शान्तिको भाव आउनु पर्छ । विश्व शान्तिदूत प्रेम रावतको शान्ति वाणी जस्तै “शान्ति हरेक मानिसको जीवनमा हुनु जरूरी छ। जुन शान्तिलाई हामीले खोजी राखेका छौँ । त्यो हामी भित्रै छ। यो हाम्रो हृदयभित्र अवस्थित छ र यसको अनुभव गर्न जरूरी छ। विश्वलाई शान्ति चाहिएको छैन। यदि शान्ति आवश्यक छ भने मानिसलाई आवश्यक छ। जव विश्वभरका मानिसहरू शान्त हुन्छन तव मात्र विश्वमा शान्ति हुन्छ।”

नेपालमा विसं २०६५ सालदेखि मनाउन शुरु

संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अहिंसा र युद्धविराममार्फत् शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित यस दिन (सेप्टेम्बर २१) लाई विश्वभरी शान्ति दिवस मनाउन थालियो। नेपालमा विसं २०६५ सालदेखि शान्ति दिवस मनाउन थालिएको हो।

संयुक्त राष्ट्र संघीय मानव अधिकारसम्बन्धी घोषणा जारी भएको पनि ७५ वर्ष पुगेको छ। अहिले अन्तर्राष्ट्रिय कानुनको अभिन्न अंगका रूपमा पनि शान्तिको अधिकार स्थापित भएको छ। सेप्टेम्बर २१ लाई विश्व समुदायले ‘अल्जाइमर्स डे’ का रूपमा पनि मनाउँदै आएको छ।

More News last news
Loading...