२० वर्ष बेलायती सेना, अवकाशपछि पत्रकारिता र समाजसेवामा सक्रिय चिम्खोले काईला

काठमाडौं । बेलायतमा एक चलायमान तथा चर्चित व्यक्ति हुन् चिम्खोले काईला । उनको खास नाम दुत पुन भएतापनि उनलाई सबैले चिम्खोले काईला भनेर चिन्दछन् । बेलायतमा उनले समाजसेवा, नेपाली साहित्य र पत्रकारितालाई एकैसाथ हाकिराखेका छन् । बहु प्रतिभाशाली चिम्खोले काईला उमेरले ६० छुन लाग्दा बेलायतको एङ्ग्लिया रस्किन बिश्वबिद्यालयबाट स्नाकोत्तर उतिर्ण गरेका छन। पेशाले चिम्खोले काईला संयुक्त अधिराज्य बेलायतको रक्षा मन्त्रालयको निजामति कर्मचारी पनि हुन्। चिम्खोले काईला बेलायतमा स्थापित दर्जनौं संघ संस्थाहरुमा आबद्ध छन भने उनी एभरेष्ट टाईम्स युकेका सम्पादक समेत हुन् ।

बिदेशमा रहेर पनि नेपाल र नेपालीको लागि सामाजिक सेवामा, नेपाली साहित्य क्षेत्रमा र पत्रकारिता क्षेत्रमा चिम्खोले काईलाको योगदान अतुलनीय रहेकोछ। चिम्खोले काईलाले नेपाली साहित्य र पत्रकारिताबाट नेपाली भाषा, कला, संस्कृति, संस्कार, पहिचानलाई संरक्षण र सम्बर्दन गर्ने कार्य गरेका छन।

Advertisement

साविकको मुस्ताङ जिल्ला, चिम्खोला, हालको म्याग्दी जिल्ला रघुगङ्गा गाउँपालिका वडा नं. ७, चिमखोला निवासी पिता शेर बहादुर पुन र माता जनिमा पुनको कोखबाट बि. सं. २०१८ मा उनको जन्म भएको हो ।

बेलायती सेनाबाट अवकाशपछि पत्रकारिता

उनी सन् १९८२ सालमा बेलायती सेनामा आबद्ध भएका थिए भने सन् २००२ मा बेलायती सेनाबाट वारनट अफिसर पदमा अवकाश प्राप्त गरेका थिए। सेनाबाट अवकाश प्राप्तपछि चिम्खोले काईला समाजसेवा, नेपाली साहित्य र पत्रकारितातिर होमिए। बि. सं. २०७२ सालमा नेपालमा भुकम्प आउदा चिम्खोले काईलाले मगर संघ युकेको नेतृत्व सम्हाल्दै थिए। सो समयमा उनले नेपाली राजदुतावास लन्डनमार्फत तत्कालिन प्रधानमन्त्री राहत कोषको लागि आर्थिक सहयोग जुटाएका थिए।

भुकम्पद्वारा क्षतिग्रस्त गोर्खा बुङकोट स्थित लखन थापा स्कुलको लागि झन्डै ५ रोपनी जमिन खरिद गरिदिएका थिए । हालमा सोहि जमिनमा नेपाल सरकारले स्कुल भवन निर्माण गरिदिएको छ। त्यस्तै भुकम्प पिडित परिवार र बाल बालिकाहरुको लागि खाद्यान्न तथा लत्ता कपडाको लागि बिभिन्न परोपकारी संस्थाहरुमार्फत आर्थिक सहयोग गरेका थिए।

सिन्धुपाल्चोक पाडिपहिरो, म्याग्दीको बैसरी सुक्का पहिरो, नेपालका पुर्ब मन्त्रि गोरे बहादुर खपाङ्गीलगायत बिभिन्न व्यक्तिहरुको स्वस्थ उपचारको लागि आर्थिक सहयोग गरेका थिए। म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले म्याग्दी जिल्लालाई एकैपटक ३ वटा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि चिम्खोले काईलाको प्रमुख संयोजकत्वमा च्यारिटी डिनर आयोजना गरेर आर्थिक संकलन जुटेको थियो।

उनले गरिब तथा जेहन्दार मगर बिध्यार्थीहरुको १ करोड को अक्षयकोष स्थापना गरिदिएका छन। जुन अक्षयकोषबाट हरेक बर्ष स्नाकोत्तर र बिध्याबारिधि गर्दै गरेका गरिब तथा जेहन्दार मगर बिध्यार्थीहरुलाई छात्रवृति बितरण गरिदै आएको छ।

त्यस्तै नेपाल पत्रकार महासंघ केन्द्रको लागि अक्षयकोष स्थापना गर्नको लागि नेपाल पत्रकार महासंघ बेलायतले आयोजना गरेको च्यारिटी डिनरको प्रमुख संयोजक पनि उनै काईलाले गरेका थिए। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेले स्थापना गरेको ५ लाखको अक्षयकोष र एभेरेष्ट टाइम्स युकेले स्थापना गरेको ५ लाखको अक्षयकोष स्थापना गर्नमा पनि चिम्खोले काईलाको बिशेष भूमिका रहेको थियो।

सामाजिक संस्थाहरुमा सक्रियता

बेलायतमा रहेका दर्जन वढी संघ संस्थामा उनको सक्रियता छ । गैरआवासीय नेपाली संघको सल्लाहकार रहेका काईला नेपाल पत्रकार महासंघ, बेलायत, आदिवासी जनजाति महासंघ युके, आदिवासी जनजाति पत्रकार महासंघ युके लगायतका संस्थाको सल्लाहाकार समेत रहेका छन् । उनले बेलायतमा रहेका नेपालीहरुलाई सुुसूचीत गर्नका लागि एभरेष्ट टाइम्स, युके नामको अनलाइन सञ्चारमाध्यम पनि सञ्चालनमा ल्याएका छन् । यसका अलवा उनी साहित्यिक संस्थाहरुमा आबद्ध छन् । काईलाले विभिन्न गीतको रचना गर्नुका साथै कविता संग्रह समेत प्रकाशनमा ल्याएका छन् ।

मुलुकका २ दर्जन देशको भ्रमण गरिसकेका काईलाले विभिन्न अन्तर्राष्टिय पुस्कारहरु प्राप्त गरेका छन् । बेलायतकी हजुर महारानीका जुनाफमा तत्कालीन रक्षामन्त्री जेफ हुनको बाहुलीबाट अधिग्रहणपत्रद्वारा सम्मानित, सामाजिक सेवामा विशेष योगदान पु-याए वापत बेलायतको हाम्सायरस्थित रसमर काउन्सिलबाट नागरिक सम्मान, ब्रिटेन नेपाल डटकमद्वारा सञ्चालित ‘बेलायतका टपटेन नेपाली’ र विदेशबाट नेपाली साहित्य, पत्रकारिता तथा गीतसङ्गीतलाई विशेष योगदान पुर्‍याएवापत नेपालका सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) बाट प्रशंसापत्र– २०७५ समेत प्राप्त गरेका थिए ।

नेपाली साहित्य, गीतसङ्गीत, पत्रकारिता तथा समाजसेवामा रुची राख्ने काईलाले आगामी दिनमा आफ्नो समाजसेवाको दायरलाई अझ फराकिलो बनाउँदै लैजाने योजना बनाएका छन् ।

More News last news
Loading...