शिखरआम्बोटे विद्युतिकरण समूहको चरम लापरवाही, पालिकाले काट्यो पत्र

वडाध्यक्षले लिएनन् चासो

काठमाडौँ । काभ्रेको रोशीगाउँपालिका स्थित वडा २ र ३ मा रहेको शिखर आम्बोटे विद्युतिकरण समूहको चरम लापरवाहीका कारण उपभोक्ता मारमा परेका छन् । विद्युतिकरण समूहले उपभोक्ताबाट उठाएको महशुल रकम विद्युत प्राधिकरण शाखा बनेपालाई नबुझाएका कारण त्यस कार्यालयबाट पाउनुपर्ने सेवाबाट स्थानीय बञ्चित भएका छन्।

रोशी गाउँपालिका वडा नं. २ र ३ लाई केन्द्र बनाएर सो समूहले विद्युत प्रसारण गर्दै आए पनि वाक्यौता समयमा नबुझाएका कारण आवश्यक सेवाबाट बञ्चित भएको बनेपाशाखाले जनाएको छ । पटक–पटक सूचनाजारी गरेपनि उक्त समूहले बाँकी वक्यौता नबुझाउँदा परेको समस्या लिएर उपभोक्ता, जनप्रतिनिधि तथा सांसदहरू दबाब सिर्जना गर्दै आएको शाखाले जनाएको छ ।

Advertisement

दुई महिना अघिसम्म हामीलाईलाई प्राप्त जानकारीअनुसार अघिल्लो आर्थिक वर्षको १७ लाखभन्दा बढि वाक्यौता अझै बाँकी रहेको छ । वडा २ र ३ का जनाता भने शिखर आम्बोटे विद्युतिकरण समूहकै चरम लापरवाही र अनिमियतताकै कारण असुरिक्षत महसुस गर्दै आएका छन् ।

वडा ३ का विभिन्न स्थानमा विजुलीपोलको समस्याका करण डर खेप्दै आएका स्थानीयहरूलाई प्रतिनिधित्वगर्दै जिल्लाप्रशासनकार्यालय काभ्रे र रोशीगाउँपालिकाको कार्यालयमाआवश्यक छानविन तथा कारवाहीको लागिनिवेदन समेत परेको जानकारी आएको छ । सोहीनिवेदनकाआधारमा रोशीगाउँपालिकाले गत साउन ३० गते वडा नंं २ र ३ लाई पत्र काटेको छ ।

पत्र काटेको महिनौ बित्नलाग्दा पनि आवश्यक प्रक्रिया आगाडी नबढाएको स्थानीयहरुको गुनासो छ । पालिकाबाट वडा नं. २ मापत्रपुगिसकेको जानकारी पाएपनि वडाअध्यक्ष हस्तामान लामाले जानकारी नभएको बताए । हामीलाई प्राप्त सूचनाकाअनुसार वडा २ माभदौ ४ गते पत्रप्राप्तभई दर्ता नं. १८० समेत उपलब्धभएको छ । तर सचिवले अध्यक्षलाई जानकारी नगराएको कारण सो विषयमा छलफल गर्न नपाएको बताए ।

अध्यक्षलामाकाअनुसार शिखर आम्बोटे विद्युतिकरण समूहले कुनै कामगर्न नसकिएको जिकिर गरे । समूहमा बस्ने पदाधिकारीकै कारण समस्याउत्पन्नभएको बताउँदै वडा २ मा छुट्टै तरिकाले महशुल उठाउँदै आएको र व्यवस्थितबनाउनकर्मचारी समेत परिचालन गरेको जानकारी दिए । उक्त समूहले निम्त्याएको समस्याभने चाडै हलगर्न आफू तयार रहेको प्रतिबद्धतता गरे ।

त्यस्तै, सो विद्युतिकरण समूहमार्फत प्रसारित विद्युतको ठूलो संख्यामा उपभोग गर्दै आएका वडा नं. ३ माभने साउन ३१ गते नै पत्रपुगेको जानकारी वडा सचिव सुनिलशाहीले जानकारी गराए । त्यस कार्यालयमाप्राप्तभएको पत्रदर्ता नं. ६६ रहेको छ । सचिवशाहीले सो बारे अध्यक्षधनजीतलामालाई जानकारी गराई सकेको बताए । गाउँपालिकाले पत्र काटेको महिनादिनपुग्नलाग्दापनि केहीप्रक्रिया नबढाएको कारण त्यस भेगको नागरिक झन समस्यामा पर्ने खतरा बढेको पीडितहरू बताउँछन् ।

विजुलीपोलको अभावकै कारण अधिंकस बासिन्दाहरू जोखिममोल्दै आएका छन् । बाटोमालत्रिएको नाङ्गो विजुलीको तारबाट बालबालिका, गाईबस्तु तथादैनिकगाँस दाउरा गर्नेहरू असुरक्षितरहेको स्थानीहरूको गुनासो छ । रूको हाँगाकाविजुलीको नाङ्गो तार झुण्डयाएर राख्दा असुरक्षा महसुस गर्दैआएका स्थानीयहरू चाँडोभन्दा चाँडो समस्याको समाधानखोज्दै छन् ।

गाउँपालिकाबाट पत्रपुगेपनिशिखरआम्बोटे विद्युतिकरण समूहलाई कारवाहीको दायरामानल्याएको भन्दै वडा अध्यक्षमाथी नै शंक गरेको छ । कारवाहीको मागगर्दै परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काभ्रेले भने स्थानीय तहमा भएको समस्या समाधानमा स्थानीय सरकारकै महत्वूर्ण भूमिका रहने र कारवाही गर्ने अधिकार पनि रहेको बताए

More News last news
Loading...