ललिता निवास प्रकरण : मीनबहादुरलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले आइतबार ललिता निवास प्रकरणमा थुनामा रहेका मीनबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक रहेका गुरुङलाई न्यायाधीश भोलानाथ ढकालको इजलाशले २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

आइतबार भएको थुनछेक बहसमा जिल्ला अदालतले थुनामा रहेका केशव तुलाधरलाई साधारण तारेख र अन्य १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो। ललिता निवास जग्गा प्रकरणमा २३ जना प्रक्राउ परेपनि अहिले प्रहरी हिरासतमा १८ जना छन्। उक्त प्रकरणमा पक्राउ परेका ५ जना भने अदालतको आदेशले यसअघि नै रिहा भएका थिए ।

Advertisement

सरकारी लिखत कीर्ते अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दामा तीन सय १० जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ६० दिन लगाएर संगठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले जिल्ला अदालतमा संगठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको थियो।

More News last news
Loading...