एमाले कास्की-काठमाडौँ सम्पर्क मञ्चको महिला भेला तथा दरखाने कार्यक्रम सम्पन्न

काठमाडौँ । नेकपा (एमाले) कास्की–काठमाडौँ सम्पर्क मञ्चको महिला भेला तथा तीज विशेष कार्यक्रम २०८० सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सम्पर्क मञ्चले भदौ २३ गते (शनिबार) काठमाडौँको ढुँगेधारामा महिला भेला तथा तीजको दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।

सम्पर्क मञ्चकी नेतृ लक्ष्मी बरालको सभापतित्वमा तथा पूर्वमन्त्री, कास्की–१ का सांसद् खगराज अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम कास्की क्षेत्र नम्बर २ की सांसद् विद्या भट्टराई, कास्की ३ का सांसद् दामोदर पौडेल, सम्पर्क मञ्चको अध्यक्ष लेखनाथ भण्डारी लगायतको सहभागिता रहेको थियो ।

Advertisement

एमाले स्थायी कमिटी सदस्य समेत रहेका प्रमूख अतिथि अधिकारीले तीज महिलाहरुको पर्व मात्रै नभएर सम्पूर्ण नेपालीहरुको संस्कार र संस्कृती भएको बताउँदै तीजको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा झण्डै तीन सय जनाको सहभागिता रहेको मञ्चका सदस्य सुनिल ओझाले जानकारी दिए । दरसहितको तीज विशेष सांस्कृतीक कार्यक्रममा उपस्थित महिला दिदी बहिनीहरु तीज गीतमा झुमेका थिए ।

More News last news
Loading...