काठमाडौँ । काठमाडौँ महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएको छ । नयाँ पुस्ताका सक्रिय राजनीतिज्ञ रिजालको अप्रत्यासित निधन प्रति दुख व्यक्त गर्दै नेपाली कांग्रेसका नेता तथा सांसद् राजेन्द्र बजगाइले आफुँले अन्तिम अवस्थामा एउटा फुलको थुँगो पनि चढाउन नपाएको भन्दै भावविह्ल स्टाटस् लेखेका छन् । पछिल्ला केहि दिनदेखि विभिन्न कार्यक्रमको शिलशिलामा संयुक्त राज्य अमेरिकामा रहेका बजगाइले मुकुन्द ब्राह्मण कुलको बहादुर प्रजातान्त्रिक योद्धा भएको बताउँदै आज बाघकै रुपमा अस्ताएको बताएका छन् ।
बजगाइँले लेखेका छन्, “लेख्न यति कठिन छ चश्मा भित्र बगेको आँसुले लेखेको यो eपत्र परिवारलाई पढ्न झन् कति कठिन हुन्छ होला ! फूल पनि अर्पण गर्न पाईन नलेखे के गरूँ ? मुकुन्द ब्राह्मण कुलको बहादुर प्रजातान्त्रिक योद्धा थियो। आज छाडेर गयो। जति बाँच्यौ गर्जिएरै बाँच्यौ। बाघले झै आधार ईलाका सम्हाल्यौ। हामीले भूकम्पमा त्यहि आधार ईलाकाको रमेश लामा गुमायौ। रमेश आधार ईलाका छाडेर आर आर क्याम्पस आउँथ्यो त्यसैगरि मुकुन्द।”
४६ सालमा जन्मथलोमा सक्रिय थियौ होला र मैले पाटनको आन्दोलन मज्जैसंग भोगेको थिएँ। ४६ सालको आन्दोलनमा एभिएमका दुई विद्यार्थी मारिएपछि म गोरखा फ़र्केर दुल्लभ माविमा भर्ना हुदा काठमाण्डौ भानुभक्तबाट फर्कने टार्बीन पोखरेल पनि गाउँ फ़र्केका थिए Post Movement ले राजधानीको परिस्थिति खतरनाक थियो।
प्रजातन्त्रको कलीलो घाममा ४८ साल पछि जोडिका अर्का वल्यकालका साथी नबराज भट्टाराई गुमायौ। नेविसंघ आधार क्याम्पस त्रिचन्द्रमा रातभरि ढुंगा बोकेर छतमा लान्थ्यौ रातो घरलाई बन्दक बनाउँथ्यौं। यता एक्लै चिरपट बोकेर विश्वज्योति मुखमा एक्लै गर्जिने बाघ क्रान्ति थुलुंगको पत्तो छैन योंग्गेल र सोनाम शेर्पा सरस्वती र सरोज कैसी मीन भवन हल्लाउथे।
मुकुन्दको फोटो रातभर आईरहेको थियो म निन्द्रामा उसको तस्वीर हेर्थे फेरि सुत्थें। ब्यूँझिए पछि प्रदीप पौडेको (माननीय) कल फ़र्क़ाउने कोशिस गरेको साहेद प्रदीप जी रोईरहेका थिएँ “कहाँ तपाई मुकुन्दजी रहनुभएन” म झस्कें। मेक्सिको सिटीमै झस्कें। एअरपोर्ट आउँदा मैले चश्मा पहिएको थिएँ र मलाई रोएको कसैले नदेखोस भन्ने विश्वासले दबाएको हुन्छ।
चश्मा भित्र रोएको कसैले नदेखोस भन्दा भन्दैपनि आँसु चुहिने रहेछ। भेट्ने मज्जाले भेट्ने भन्थ्यो मेरो मन मूटूको मित्र मुकुन्द कहाँ गयो होला थाहै पाईन। अलविदा मुकुन्द मलाई तिम्रो मोबाईल नम्बर र फेसबुस हटाउने अनुमति देउ l
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
