अनिल खनालको तीज कोसेली ‘मेरो माया फिल्मको हिरो’ बजारमा [भिडियो]

काठमाडौँ । लोकप्रिय गीतकार अनिल खनालको तीज कोसेली ‘मेरो माया फिल्मको हिरो’ बजारमा आएको छ । पछिल्लो समय तीजका गीतमा व्यपाक विकृती आइरहेका बेला खनालले युवा युवतीको शुद्ध माया प्रेमलाई शब्दमा टपक्क टिपेर तयार पारेको गीत बजारमा ल्याएका हुन्।

“चारैपाटा मिलेको ज्यान चट्ट दारी जुङ्गा, यति राम्रो जुङ्गे सोल्टी दिमकी फूलको थुङ्गा, ….. मेरो मायाँ…. फिलिमको हिरो, हिरो जस्तै देखेर मन फिरो ” जस्ता शब्दले भरिएको यो गीतको म्युजिक भिडियो संगीत झड्काको आधिकारिक युट्युब च्यानल ‘Sangeet Jhatka’ मार्फत बजारमा आएको हो ।

Advertisement

प्रिय गायक तथा संगीतकार हेमराज डाँगीले संगीत एरेन्ज गरेको गीतमा लक्ष्मी परियार, हेमराज डाँगी, भुपेन्द्र डाँगीको स्वर रहेको छ । शिवन पोखरेलले निर्देशन गरेको म्युजिक भिडियोमा चर्चित मोडेल सारिका केसी र दिनेश डाँगीको जिवन्त अभिनय रहेको छ ।

खनालका यस अघि प्रकाशित तीजे भाकाहरु नाच संगी, आमा यो तीजमा माईत आउन पाईन, चुरीया हातैमा, सारी उपहार, छोरीको करिम स्रोता दर्शकमाझ लोकप्रिय छन् ।

यस्तो छ गीतको म्युजिक भिडियोः

More News last news
Loading...