मौलिक तीज गीत ‘नाच घुमेर, नहेर उमेर’ बजारमा (भिडियोसहित)

काठमाडौँ । नारीहरुको महानपर्व तीज नजिकिएसँगै सांगीतिक बजार पनि तात्न थालेको छ । पछिल्ला दिनमा कलाकारहरुले पनि तीजका गीतहरु पस्कने क्रम बढेको छ । यसैक्रममा आज (बुधबार) ‘नाच घुमेर, नहेर उमेर’ बोलको तीज गीत बजारमा आएको छ ।

चाबहिलको एवान क्याफेमा पत्रकारहरुलाई साक्षी राखेर श्रष्ठा, गायक, गायिका तथा कलाकारहरुले ‘नाच घुमेर, नहेर उमेर’ तीज गीत सार्बजनिक गरेका हुन् । मदन थापाको शब्द, विपिन घिमिरेको संगीत रहेको गीतलाई सञ्जय श्रीपालले एरेन्ज/मिक्सिङ गरेका हुन्l

Advertisement

बिमला सिंह थापाको प्रस्तुती गायिका शिला विष्ट, विपिन घिमिरे, सुजाता केसी र कुमार केसीको सुमधुर स्वर रहेको गीत प्रारम्भ खबर अनलाइन मिडियाको आधिकारिक युट्युब च्यानल “PRARAMBHA TV प्रारम्भ टि.भि.” मार्फत बजारमा आएको हो ।

भागिरथा गाहाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा नारायणी खत्री, अनिता गिरी, मदन थापा, पुष्कर पन्तको जिवन्त अभिनय देख्न सकिन्छ।

गीतको म्युजिक भिडियो

 

More News last news
Loading...