दरबार हाइस्कुलमा रोबोटिक्स, कृत्रिम बौद्धिकता र कोडिङ कक्षा

काठमाडौँ । ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङ कक्षा शुरु भएको छ । काठमाण्डौ महानगरपालिकाले गएको वैशाख १२ गतेदेखि शुरु गरेको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो।

महानगरको सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाका अनुसार कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ सिकाइएको छ । त्यस्तै, कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ सिकाइएको छ।

Advertisement

विद्यार्थीको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनोट गरिएको हो । कार्यक्रमबाट सामुदायिक विद्यालयमा प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्ने विश्वास छ । विद्यालयमा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन्।

महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ क्लब गठन भइसकेका छन् । उनीहरूका काम विश्वका एक सय ६० भन्दा धेरै देशमा क्लब सञ्जालमा जोडिन्छ । रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङ कक्षाले विद्यार्थीमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीमा तार्किक क्षमता बढ्नेछ।

चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुने विद्यालयका प्रधानाध्यापक सारदा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षाका लागि बितेका हप्तामा अभिमुखीकरण गराइएको थियो। यी कक्षामा विद्यार्थीको रुची बढेको छ। काठमाण्डौ महानगरले विद्यार्थीलाई जीवनउपयोगी शिक्षा दिने उद्देश्यकासाथ गएको वैशाखदेखि ८९ वटै विद्यालयमा हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।

More News last news
Loading...