काठमाडौं । धादिङमा बुधबार भएको बस दुर्घटना ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको हो।
धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार २३ यात्रु क्षमताको बस भएपनि २५ जना यात्रु सवार रहेको पुष्टि भएको छ। ‘बसमा २५ जना यात्रु रहेको पुष्टि भएको छ। तर, बस २३ सिट क्षमताको मात्र थियो,’ उनले भने, ‘मृतकको पहिचान खुलेको छैन। घाइतेको उपचारका लागि अस्पताल पठाइएको छ।’
म्याग्दी कोरला बस कम्पनिले यो बस संचालन गरेको थियो। कम्पनिका अध्यक्ष मोहन केसीका अनुसार यो बस गण्डकी–धवलागिरी यातायात प्रालिबाट संचालित थियो।
केसीका अनुसार २३ सिट क्षमताको यो बस काठमाडौंबाट बिहान ७ बजे २० जना यात्रु लिएर बस हिडेको थियो। जसमा बेनीका ६ जनाले टिकट काटेका थिए। अरु यात्रु पोखरा, पर्वत, बागलुङ लगायतका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
