नेविसंघ काठमाडौंकाे अध्यक्षमा अंशुल केसी मनोनित

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौंको अध्यक्षमा अंशुल केसी मनोनित भएका छन् । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई काठमाडौंको अध्यक्षमा मनोनयन गरेका हुन् ।

काठमाडौं नेविसंघका अध्यक्ष मनिष डंगोललाई केन्द्रीय सदस्य मनोनित गरेपछि केसीलाई काठमाडौं अध्यक्ष बनाइएको हो। काठमाडौं कांग्रेस जिल्लाकार्य समितिको सिफारिसमा केसीलाई रोकेर गत फागनुमा शेर्पाले डंगोललाई अध्यक्ष मनोनित गरेका थिए ।

Advertisement

आफूमाथि अन्याय भएको भन्दै केसीले नेविसंघको कार्यालयमा ताला लगाउनका साथै पार्टी कार्यालय सानेपामा रिले अनसनसम्म बसेका थिए।

नेविसंघका १२ औं महाधिवेशन काठमाडौंमै हुने भएकाले नेविसंघ काठमाडौंको अध्यक्षलाई प्रतिष्ठाको विषय बनाइएको थियो । अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि र आयोजकको भूमिका काठमाडौंको हुन्छ । त्यसैले पार्टीकै नेताहरुले नेविसंको जिल्ला अध्यक्ष आफू निकट बनाउन लागि परेका थिए ।

More News last news
Loading...