काठमाडौँ । नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौं वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश गरेको छ। बससेवा टुर्स एण्ड ट्राभल्स अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा १०औं वर्षमा प्रवेश गरेको हो।
यो अवधिमा बससेवा डटकमले भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ। हाल दैनिक ३ हजारभन्दा बढी यात्रुले बससेवामार्फत टिकटकाटी यात्रा गर्दै आएका छन्। यो बीचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उद्देश्यले राजधानी काठमाडौंको ढुंगेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ।
सही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानीलगायतका सुविधा रहेका छन् भने लाउञ्जबाट सिधै बस चढ्न सकिन्छ। जसले गर्दा यात्रुहरूलाई सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।
यसैबीच, बससेवाले १०औं वर्ष प्रवेशका अवसरमा १० दिनसम्म हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न सक्ने अफर सार्वजनिक गरेको छ। हरेक दिन गोलाप्रथामार्फत् १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ । विजेताको नाम बससेवाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
