सदर चिडियाखानामा सटल बस व्यवस्था गर्ने मेयर महर्जनको घोषणा

काठमाडौं । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ। महानगरका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई चिडियाखाना अवलोकनमा सहज बनाउन सटल बसको व्यवस्था गर्ने घोषणा गर्नुभएको हो ।

विश्व बाघ दिवसको अवसरमा भएको कार्यक्रममा उहाँले १४/१५ सिटको हुने बस घमी रहने र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई चिडियाखानाको दृश्य दोहोर्‍याइ, तेहेर्‍याइ हेर्ने गरी आवश्यक व्यवस्था मिलाउने बताउनुभयो।

Advertisement

मेयर महर्जनले सो चिडियाखाना अगाडि चालु आर्थिक वर्ष भित्रै टाईगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । मेयर महर्जनले सो चिडियाखाना भित्रको पोखरी संरक्षणमा पनि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषले मेयर महर्जनलाई वातावरण संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा सम्मान गरेको थियो ।

More News last news
Loading...