लाओस राईको पुस्तक ‘सायरेम्मा-राष्ट्रवाद कि राष्ट्रप्रेम’ लोकार्पण

काठमाडौं l नेपाली कांग्रेसका युवा नेता लाओस राईको ‘सायरेम्मा-राष्ट्रवाद कि राष्ट्रप्रेम’ नामक पुस्तक लोकार्पण भएको छ l

बिहीबार (आज) ललितपुरको यलखिम रेस्टुरेन्ट तिखिदेबलमा  गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा नेपाली काँग्रेसका नेता शेखर कोइराला, गुरु घिमिरे, दीपक भट्टराई लगायतका नेताहरुद्वारा लोकार्पण गरिएको हो l

Advertisement

पूर्वमन्त्री भीमसेनदास प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा अतिथिहरुले पछिल्लो समय सबै दल र नेताहरुमा राष्ट्रवाद र राष्ट्रियता हराउँदै गएकोप्रति चिन्ता प्रकट गर्दै राष्ट्रवादका विषयमा सबै एक हुनुपर्ने बताए

पुस्तकका सम्पादक युवराज गौतमले लाओस राईको यो पुस्तकले राजनीति गर्ने र गर्न खोज्ने सबैले अनिवार्य पढ्नुपर्ने बताए l

यो पुस्तकले राष्ट्रवाद के हो र यसको महत्व कसरी बढ्दै गयो भन्ने विषयमा सरल ढंगले प्रस्तुत गरेको बताउँदै यो पुस्तक राजनीतिज्ञ र विद्यार्थी वर्गका लागि पाठशाला हुने बताए l

More News last news
Loading...