कालीखोलामा पहिरो खस्यो, मुग्लिननारायणगढ सडक खण्ड अवरुद्ध

काठमाण्डाै । मुग्लिन नारायणगढ सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

दिउँसो चार बजेतिर कालीखोला नजिक पहिरो गएकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

Advertisement

सडकमा झरेको पहिरो हटाउन उपकरणसहितको जनशक्ति पठाइएको र सडक खुलाउन केही समय लाग्ने कार्यालयले जानएको छ ।

अघिल्लो हप्ता तुइनखोल पुल नजिक पहिरो खस्दा पटक पटक सडक बन्द भएको थियो । गएको सोमवारपछि भने त्यहाँ लामो समय गाडी रोक्नुपर्ने गरी पहिरो झरेको छैन । आज कालीखोला नजिक सुक्खा पहिरो खसेको हो ।

More News last news
Loading...