गोङ्गबुको एक होटलमा युवायुवती मृत अवस्थामा फेला

काठमाण्डाै । काठमाण्डाैकाे गोङ्गबुमा रहेकाे एक होटलमा युवायुवती मृत फेला परेका छन् ।

टोखा नगरपालिका–९ मा रहेकाे ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृत अवस्थामा फेला परेका हुन् ।

Advertisement

मृत फेला पर्नेमा गोरखा शहीन लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेका जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनु भयाे ।

होटलको कोठाभित्रको बाथरुममा दिनेश र कोठाभित्र मुस्कान झुन्डिएको अवस्थामा फेला परेका उहाँले जानकारी दिनुभयो ।

More News last news
Loading...