काठमाडौं । नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको पहिलो ऐतिहासिक अधिवेशन शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ ।पहिलो अधिवेशनले लिलाराज खनालको अध्यक्षतामा २५ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्ष (खुल्ला) पुष्कर बुढाथोकी, उपाध्यक्ष (महिला) सीता न्यौपाने, उपाध्यक्ष (समावेशी) निरज तामाङ, महासचिवमा साहिला तामाङ, खूल्ला सचिवमा अमृत पौडेल, सचिवमा केशव ढुँगाना, सचिव (महिला) मा विष्णु पन्थी, कोषाध्यक्षमा शंकर अर्याल, सह-कोषाध्यक्षमा पुनिता झा निर्वाचित भएका छन् ।
यसैगरी, सदस्यहरुमा कुवेर गिरी, सम्बेग बस्नेत, दिपेन्द्र अधिकारी, रामहरि पराजुली, कुमार घतानी, शुन्दर पाण्डे, सीता शर्मा, शुशीला सिग्देल, मुक्तिनाथ आचार्य, तुलसीराम भण्डारी, नवराज कार्की, दिपक घिमिरे र रमा भूर्तेल रहेका छन् भने लेखा समिति संयोजकमा नारायण अधिकारी, सदस्यमा भावना हमाल र लक्ष्मी गौतम रहेका छन् ।
प्रेस युनियनको नयाँ केन्द्रीय समिति गठन भएपछि यसअघि सात प्रदेशमा र झण्डै ३० जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । प्रेस युनियनमा राज्यका सात प्रदेश सहित उपत्यका तथा प्रतिष्ठान प्रदेश गरी आठ प्रदेशको व्यवस्था छ।
उपत्यका तथा प्रतिष्ठान प्रदेशको पहिलो अधिवेशन गर्न युनियनले केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा अधिवेशन व्यवस्थापन समिति गठन गरेको थियो । अधिवेशनको कांग्रेस महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
