१६औं गणतन्त्र दिवसको अवसरमा नेवि संघ धादिङको अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ । १६ औं गणतन्त्र दिवसका अवसरमा नेवि संघ धादिङले विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेविसंघले धादिङमा आयोजना गरेको संघीय गणतन्त्रमा विद्यार्थीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा नेविसंघका पूर्व महामन्त्री उर्मिला अर्यालको उपस्थिती रहेको थियो ।

यसैगरी, विशेष अतिथिमा वरिष्ठ नेता हरि अधिकारी, नेपाली कांग्रेसका उपसभापति गेहेन्द्र मल्ल ठकुरी, महाधिवेशन प्रतिनिधि प्रभात किरण सुवेदी (शिव), दिपकान्त थपलिया, देवि प्रसाद सिल्वाल, रमेश विसी, प्रदेश सभापति बिष्णु रुपाखेती, क्षेत्रीय पदाधिकारी, नेविसंघ पुर्व अध्यक्ष रबिसुदन थापा, प्रदेश प्रतिनिधि, विभिन्न पालिकाका सभापति तथा पदाधिकारी, पार्टीका पुर्व पदाधिकारी, सदस्य, जनप्रतिनिधि र विभिन्न क्याम्पस इकाई सभापति,स्वबियु प्रतिनिधि लगायत विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

Advertisement

भेलालाई विशिष्ट अतिथि प्रमोद हरि गुरागाई र कृष्ण रिजालले प्रशिक्षित गरेका थिए भने विद्यार्थी नेता तथा सहभागीले जिज्ञासा राख्नुका साथै विद्यार्थीको भूमिकाका बारेमा बोलेका थिए । साथै अवको चुनौती भनेको नेविसंघ एक ढिक्का भएर अगाडी बढेमा मातृपार्टी नेपाली कांग्रेस बलियो हुने कार्यक्रममा बोल्ने नेताहरुको साझा धारणा रहेको थियो ।

आफुँहरुले १६औँ गणतन्त्र दिवसका अवसरमा नयाँ पिढीलाई शिक्षा र पुराना पाका नेताहरुको अनुभव सुन्न यो अन्तरक्रिया कार्यक्रम गरेको र कार्यक्रममा साथै उत्साह जनक विद्यार्थीको सहभागिता भएको नेविसंघ धादिङका जिल्ला अध्यक्ष सुदिप गौलीले जानकारी दिए ।

More News last news
Loading...