फोनिज काठमाडौँको निःशुल्क आँखा शिविर सम्पन्न, करिव ८० जना लाभन्तीत

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँ शाखाद्वारा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। आज (शनिवार) काठमाडौँको अनामनगरमा सञ्चालित आँखा शिविरबाट करिव ८० जनाभन्दा बढि लाभन्तीत भएको आयोजकले बताएको छ।

अरनिको समाजको सहयोगमा भएको सो शिविरमा ३० जना लेखक तथा पत्रकार र ५० भन्दा बढि सार्वसाधारणले सेवा लिएको फोनिज काठमाडौँका अध्यक्ष शैलेश डंगोलले जानकारी दिए । आँखा परिक्षणका क्रममा चश्मा, आईड्रोप लगायत सामग्री समेत निःशुल्क वितरण गरेको अध्यक्ष डंगोलले बताए ।

Advertisement

पत्रकारहरु कम्युटर तथा अन्य प्रविधिसंग संलग्न हुने हुँदा आँखाको सुरक्षामा चुनौति बढ्दै गएको बेला फोनिज काठमाडौँले आफ्नो अतिरिक्त क्रियाकलाप अन्तरगत आँखा शिविर सञ्चालन गरिएको उनले बताए । शिविरको उद्घाटन सत्रमा बागमति प्रदेश सभा सदस्य एवम् पूर्व संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, फोनिज केन्द्रीय कोषाध्यक्ष लाला गुरुङ, फोनिज बागमति प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, अरनिको समाजका अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतले भनाई राखेका थिए ।

प्रमुख अतिथि समेत रहेका बागमति प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले आदिवासी जनजाति पत्रकारहरुले आफ्नो कला, संस्कृति, अधिकार र पहिचानको पक्षमा सधै कलम चलाउन आग्रह गरे । समुदायको हित र प्रर्वद्धनमा गहन रुपमा अध्ययन र अनुसन्धान गरी आर्थिक समृद्धिको पाटोका लाग्न समेत सुझाव दिए ।

काठमाडौँ क्षेत्र नं. १ बाट निर्वाचि प्रदेश सभा सदस्य श्रेष्ठले आदिवासी पत्रकारहरुको संस्था फोनिजको वृद्धि विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धतता गरे । उनले फोनिजको कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनका लागि वडा कार्यालयसंग समन्वय गर्न फोनिजलाई आग्रह गरे ।

More News last news
Loading...