टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेकपा एमालेबाट निलम्बित सचिव टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ। सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार राति पक्राउ परेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रहरीले उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि आइतबार राति काठमाडौंको बूढानिलकण्ठबाट पक्राउ गरेको थियो।

Advertisement

More News last news
Loading...