सानेपामा नेविसंघको नाराबाजी

काठमाडौं l नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले पार्टी कार्यालयमा नाराबाजी गरेका छन्। कांग्रेसको कार्यसम्पादन बैठक अगाडि नेविसंघका नेता तथा कार्यकर्ताहरूले पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका हुन्।

उनीहरूले नेविसंघको महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा नाराबाजी गरेका हुन्। सभापति शेरबहादुर देउवा बैठकस्थल पुग्नु अगाडि नेताहरूले नाराबाजी गरेका हुन्। कार्यसम्पदानको बैठक जारी छ।

Advertisement

सभापति देउवाले तत्कालीन नेतृत्वले महाधिवेशन गर्न नसकेपछि विघटन गर्दै गत वर्ष ९ चैतमा एक वर्षभित्र महाधिवेशन गर्ने गरी नेविसंघको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए। तर, अहिलेसम्म उनको कार्य समितिले पूर्णतासमेत पाउन सकेको छैन।

More News last news
Loading...