काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्नु हुने भएको छ ।
पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई सरकारमा पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । मन्त्रीहरुको शपथ तीन बजे गराउने तयारी छ ।
प्रतिनिधि सभामा नागरिक उन्मुक्तिबाट ४ जना सांसद छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
