सेनाले टुँडिखेलमा यसरी मनायो घोडेजात्रा

काठमाडाैं । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाइएको छ ।

अघिल्ला वर्षहरुमा झैँ यस वर्ष पनि सेनाले मंगलबार काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमकाबीच घोडेजात्रा मनाएको हो ।

Advertisement

घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मन्त्रिहरु, कर्मचारी प्रशासनका पदाधिकारीहरु, विभिन्न सुरक्षा निकायका प्रमुखहरु लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

समारोहमा सेनाले विभिन्न खेल तथा कला र कौशलहरु प्रस्तुत गरेको थियो । साथै समारोहमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

 

More News last news
Loading...