नेविसंघमा संस्थापन र इतरसमुहको विवादबीच ‘तेस्रो धारको’ विशेष भेला आह्वान

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको संस्थापन र इतर समूहबीचको चर्किदै जाँदा ‘तेस्रो धार’ भनिने समूहले विशेष भेला आह्वान गरेको छ। पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट विद्यार्थीहरुले शुक्रबार बिहानका लागि ‘स्ववियु निर्वाचन विशेष भेला’ आह्वान गरेका हुन्।

स्ववियु निर्वाचनको संघारमा संस्थापन र इतर समूहले भागबण्डाका आधारमा उम्मेदवारी टुंग्याउने आशंकामा सिटौला समूहले भेला बोलाएको हो। नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले शुक्रबार बिहान ८ बजे बाल्मिकी क्याम्पसमा भेला बोलाइएको जानकारी दिए।

Advertisement

उनका अनुसार भेलालाई बागमती प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक कुन्दनराज काफ्ले, गण्डकी प्रदेश सभा सदस्य तथा बाग्लुङ सभापति जीत शेरचन, नेविसंघका पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वमहामन्त्री बलदेव तिमल्सिना लगायतले सम्बोधन गर्ने छन्।

सिटौला समूहले गुटगत आधारमा नभएर क्याम्पसहरुमा देखिएको लोकप्रियताका आधारमा स्ववियु निर्वाचनका लागि उम्मेदवार चयन गर्नुपर्ने र गठबन्धनका नाममा संगठनको पकड भएका क्याम्पसहरु फरक संगठनको भागमा दिन नहुने बताएको छ।

More News last news
Loading...