भोलि पनि देशभर बिदा

काठमाडौँ । भोलि संघीय सरकारले देशभर सार्बजनिक बिदा दिएको छ । ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सरकारले बिदा दिएको हो। हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाइँदै आएको छ।

यस्तै महिला अधिकार र महिलाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले बुधबार विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै छन्। सरकारले होली पर्व अर्थात फागु पूर्णिमाका अवसरमा सोमबार पहाडी क्षेत्रमा र मंगलबार तराई क्षेत्रमा बिदा थियो ।

Advertisement

नारी दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत केही दलका नेताहरुले शुभकामना दिएका छन्। राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताएकी छन्।

 

 

More News last news
Loading...