काठमाडौँ । काठमाडौं होटल व्यबसायी संघको ११ अधिवेशनबाट ध्रुव बहादुर कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । आइतबार काठमाडौँमा सम्पन्न संघको वार्षिक साधारण सभा तथा ११ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा होम भट्टराई, द्धितिय उपाध्यक्षमा प्रकाश राउत, महासचिवमा अर्जुन कुमार सापकोटा, सचिवमा दिपक पौडेल, कोषाध्यक्षमा राजु खत्री र सह कोषाध्यक्षमा हरि अर्याल निर्वाचित भएका छन् ।
यसैगरी, निर्वाचित सदस्यहरुमा गणेश राना, अनिल कुमार पुन, राजकुमार लिम्बू, पर्शुराम सापकोटा, दिल बहादुर, दूर्गा बहादुर कार्की, अश्मिता पन्थी लगायत रहेका छन् । काठमाडौँमा होटल व्यवसाय गर्दै आएका व्यवसायीहरुले संगठित हुँदै व्यवसायीको हकहितका लागि खोलेको संघले लामो समयदेखि सो क्षेत्रका समस्या र वृत्ति विकासका लागि हातेमालो गर्दै आएको छ ।
सचिवमा पौडेल
काठमाडौं होटल व्यबसायी संघको सचिवमा दिपक पौडेल निर्वाचित भएका छन् । काठमाडौं होटल व्यबसायी सघं को ११ औँ अधिबेशनबाट पौडेल सचिवमा निर्वाचित भएका हुन् । पौडेलले बिगत केही वर्षदेखि काठमाडौको गोंगबु नयाँ बसपार्कमा रसुवा युनिक गेष्ट हाउस सञ्चालन गर्दै आएका छन् ।

यो पनि हेर्नुहोस्… करियरमा सफल, दाम्पत्य जीवनमा असफल यी कलाकार
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
