काठमाडौं l काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सडकमा कुदाउने सवारीसाधनको गति सीमा निर्धारण गरेको छ। कार्यालयका अनुसार अब कलंकी-कोटेश्वर सडकखण्डमा प्रतिघण्टा ५० किलोमिटर गति सीमा तोकिएको छ।
सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटर गति तोकिएको छ। त्यस्तै, कोटेश्वर-भक्तपुर सडकखण्डमा ५० किलोमिटर तोकिएको छ। यी गति सीमाविपरीत बढी गतिमा कुदाए कारबाही परिनेछ।
सवारीसाधनको गति नाप्ने अभियान तीव्र, कुन सडकमा कति स्पिडमा कुदाउने ? सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि गति सीमा निर्धारण गरिएको ट्राफिक कार्यालयले जनाएको छ। उपत्यकाका विभिन्न स्थानमा आवश्यकताअनुसार गति सीमा तोकि बोर्डहरू पनि राखिएको ट्राफिक कार्यालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
