अब हट्दैछन् यी सार्बजनिक बिदा !

काठमाडौं । सरकारले शनिबार बाहेकका सार्वजनिक बिदाका दिन सरकारी कार्यालय खोल्ने तयरी गरेको छ। बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो तयारी गरेको हो ।

बिदा धेरै हुँदा सार्वजनिक सेवा प्रवाहमा प्रभाव परेको भन्दै बैठकमा बिदाको बारेमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।सार्वजनिक बिदा धेरै हुँदा सार्वजनिक सेवा प्रवाह नै प्रभावित हुने देखिएको ति मन्त्रीको भनाइ थियो ।

Advertisement

त्यसैले, कर्मचारीहरूलाई सट्टा बिदा दिएर भए पनि शनिबार बाहेकका सार्वजनिक बिदामा अत्यावश्यक सरकारी कार्यालय खोल्ने बारेका बैठकमा छलफल भएको मन्त्रीले बताए ।

सरकारले संवैधानिक परिषद सम्बन्धी विधेयक संसदमा लैजाने सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले संसदमा लैजाने र त्यसलाई चाँडै नै संसद सचिवालयमा दर्ता गर्ने निर्णय समेत गरेको छ ।

यदि यस्तो नियम लागु भएमा, दशैँ, तिहार, छठ, सबै प्रकारका ल्होसार, इद र क्रिशमसमा पनि सरकारी कार्यालयहरु खुल्नेछन् । फागुन महिनामा मात्रै शनिबारसहित १२ दिन सार्बजनिक बिदा रहेको छ ।

More News last news
Loading...