काठमाडौं । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीकी भतिजी तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएकी छन्।
गत निर्वाचनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीवाट समानुपातिक उम्मेदवार रहेकी अधिकारीलाई हिजोको रास्वपाको केन्द्रीय समितिले केन्द्रिय समितिमा मनोनयन गरेको हो । उनी एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य पनि थिइन् ।
रास्वपाले १६ जनालाई केन्द्रिय सदस्य मनोनयन गर्ने क्रममा पुर्व एमाले नेता अधिकारीकी छोरी लिमा लामो समय देखी समाजसेवामा सक्रिय हुँदै आएकी छिन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
