भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि अर्थात फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। २०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो।

Advertisement

त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

यसअघि जनयुद्धका अवसरमा कर्णाली प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशले पनि आफ्नो प्रदेशमा सार्बजनिक बिदा दिएका थिए ।

More News last news
Loading...