काठमाडौं उपत्यकाका यी तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण देखिएको छ। ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण देखिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती स्थानमा पालिएको कुखुरामा बर्डफ्लू संकमण देखिएको पुष्टि गरेको छ ।

Advertisement

मन्त्रालय स्रोतकाअनुसार गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सानो परिमाणमा रहेको त्यहाँको पन्छी नष्ट गरिसकिएको मन्त्रालयले जनाएको छ।

यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा पनि बर्डफ्लू संकमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यहाँ फर्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ।

तारकेश्वरमा बर्डफ्लू पुष्टि भएको ठाउँमा अहिले पन्छी नष्ट गर्ने काम रहेको मन्त्रालयले जनाएको छ। थप विवरण आउन भने बाँकी छ।

More News last news
Loading...