बागमतीमा मिल्यो मन्त्रीको भागबण्डा, एमाले-माओवादीलाई ८, राप्रपालाई ३ मन्त्रालय

काठमाडौं । बागमती प्रदेशमा पनि दलहरुबीच मन्त्रीको भागबण्डा मिलेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन्। मुख्यमन्त्री जमरकट्टेलले सत्ता साझेदार दलहरुसँगको छलफलपछि बुधबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन्।

सत्ता साझेदार दलहरुबीच नेकपा (माओवादी) ले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ। त्यसैगरी राप्रपाले तीन मन्त्रालय पाउने भएको छ।

Advertisement

एमालेले एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, जगन्नाथ थपलियालाई मन्त्रीका रुपमा पठाउने भएको छ। तर मन्त्रालय टुंगो नलागिसकेको मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।

त्यसैगरी, माओवादी केन्द्रले मुख्यमन्त्री र तीन मन्त्री पाएको छ। माओवादीले मन्त्रीमा युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानलाई सरकारमा पठाउने भएको छ। तीन मन्त्री पाएको राप्रपाले यसअघि नै एक मन्त्री पठाएपनि बाँकी दुई जना कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागाइसकेको छैन।

More News last news
Loading...