बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।

भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ । भूकम्पको क्षति बारे विवरण प्राप्त भइसकेको छैन । भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ।

Advertisement

भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

More News last news
Loading...