झापा । झापाको चिया बगानमा युवक-युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका– ४ केचनामा रहेको एभरेस्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।
अन्दाजी २५ वर्षका युवक र १८ वर्षकी युवती रहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । घटनाबारे विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
