बर्दिया । बर्दियामा ४ दिनदेखि एक जना बालक सम्पर्क विहीन भएका छन्। जिल्लाको मधुवन नगरपालिका–१ सूर्य पटुवा (कुसुम्मा) का १२ वर्षीय बालक रोशन खड्का सम्पर्क विहीन भएका हुन्।
यहि माघ ५ गते बेलुका ५ बजेदेखि परिवारको जानकारी बिना घरबाट निस्केका रोशन ३ दिनदेखि सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन विभिन्न निकायमा गुहार मागिरहेको छ।
विद्यालयको पोसाक र कालो जुत्ता लगाएका रोशनलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिन परिवारले सबैमा अपिल समेत गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
