उड्दै गरेको जहाजमा पिसाब प्रकरण, ३० लाख भारु जरिबाना

एजेन्सी l भारतको नागरिक उड्डयन प्राधिकरणले रक्सीले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एअर इन्डियालाई ३० लाख भारतीय रुपियाँ जरिबाना गराएको छ।

गएकाे नोभम्बर २६ मा न्युयोर्कबाट एअर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्याङ्कर भारतीय नागरिक शङ्कर मिश्राले महिलामाथि गरेको दुर्व्यवहारविरुद्ध एअर इन्डियाले कारबाही नगरेकाले नागरिक उड्डयन प्राधिकरणले याे जरिबाना गराएको हो।

Advertisement

नयाँदिल्ली विमानस्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रालाई विनाकारबाही प्रस्थान गर्न दिइएकामा आपत्ति जनाउँदै एअर इन्डियाका उड्डयन प्रबन्धकलाई भारु तीन लाख बेग्लै जरिबाना गराइएको छ।

त्यसैगरी त्यस विमानका एकजना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ। मिश्राबाट भएको यस्ताे निन्दनीय कार्यको भारतका साथै विश्वव्यापी रुपमा चर्को आलोचना भएको थियो।

More News last news
Loading...