काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमाले निकट प्रगतिशील समूहका राजेन्द्र भण्डारी निर्वाचित भएका छन्। काठमाडौंमा शुक्रबार भएको निर्वाचनमा भण्डारी १९९ मतसहित निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी भूवनसिंह गुरुङले १५१, कुमुद खनालले १३१ र ईश्वरबहादुर जीसीले १२८ मत पाए।
महासचिव र सचिव बाहेक सबै पदाधिकारीमा भण्डारी समूहका उमेद्वार निर्वाचित भएका छन्। प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री (कुमार), द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा सरिता घले निर्वाचित भए।
यस्तै, सदस्यहरुमा राजेन्द्र बस्नेत, विक्रम श्रेष्ठ, देवीमाया थापा, बैकुण्ठप्रसाद पौड्याल (बैभव), कैलाश पाठक, देउमान नेम्वाङ, आनन्द कोइराला, नारायण भूसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बू निर्वाचित भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
