चोभारको कार दुर्घटनामा परी ३ दिनदेखि वेपत्ता व्यक्ति मृत फेला

काठमाडौं । कीर्तिपुरको चोभारमा भएको कार दुर्घटनामा वेपत्ता भएका व्यक्ति मृत फेला परेका छन्। दुर्घटना भएको ३ दिनपछि सशस्त्र प्रहरी बलको गोताखोर टोलीले वेपत्ता भएका रामकुमार खत्रीको शव बागमती नदीबाट निकालेको हो।

माघ २ गते दिउँसो बा ५ च ५६५४ नम्बरको कार चोभारको जलविनायक पुल नजिकबाट बागमती नदीमा खसेको थियो। अम्बिका लामिछानेले चलाएको कार बागमतीमा खस्दा उनी स्वयम् गम्भीर घाइते भएकी थिइन्भ ने खत्री हराएका थिए।

Advertisement

हराएका खत्रीको खोजी गर्ने क्रममा बिहीबार (आज) सशस्त्रको नम्बर १८ निलबाराही गण, नम्बर २० विपद व्यवस्थापन उद्धार गणबाट खटिएको गोताखोर टोलीले नदीबाट शव निकालेको हो।

More News last news
Loading...