कलंकीमा शनिबार बृहत रक्तदान तथा स्वास्थ्य परिक्षण हुने

कलंकी । काठमाडौँको कलंकी चोकमा यहि शनिबार (माघ ७ गते) बृहत रक्तदान तथा स्वास्थ्य परिक्षण हुने भएको छ । लायन्स क्लब अफ काठमाडौं, हाई भिजनको आयोजनामा बृहत रक्तदान तथा डायबिटिज (मधुमेह), थाईराईड तथा सामान्य स्वास्थ्य परिक्षण कार्यक्रम हुने भएको हो ।

लायन्स क्लब अफ काठमाडौं, हाई भिजनका तृतीय उपाध्यक्ष लाइन दिपक बहादुर अधिकारीको संयोजकत्वमा हुने कार्यक्रमलाई कलंकी होटल एण्ड गेस्ट हाउस एसोसियसन, सरोबर फर्मा तथा सुनगाभा भेट फर्माले प्रायोजन गरेका छन् ।

Advertisement

रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम कलंकीको निरौला कम्लेक्सको प्राङ्गडमा शनिबार बिहान ८ः३० बजेदेखि १२ः३० बजेसम्म हुनेछ।महादान रक्तदान गरी आफ्नो स्वास्थ्य अवस्था मजबुद राख्न अरुको जीवन पनि बचाउन आग्रह गर्दै आयोजकले सो कार्यक्रममा सबैले रक्तदान गर्न र स्वास्थ्य परिक्षणको पनि भरपुर फाइदा उठाउन आग्रह गरेको छ ।

More News last news
Loading...