पाइलट केसीको सालिक निर्माण गर्ने गृह पालिकाको निर्णय

सबै वडामा दीप प्रज्वलन

पोखरा । पोखराको सेती खोँचमा विमान दुर्घटनामा परी गाउँकै पहिलो पाइलट एवं प्रशिक्षक कमल केसीको निधन भएकोप्रति रुपा गाउँपालिकाले दुःख व्यक्त गरेको छ।

कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शोक विज्ञप्ति जारी गदैै मङ्गलबार केसीप्रति श्रद्धाञ्जलि र परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेका हुन् । रुपा गाउँपालिका–३ पोल्याङ स्थायी निवासी बुबा वीरेन्द्र केसी र आमा मीना केसीका जेष्ठ सुपुत्र ५९ वर्षीय क्याप्टेन कमल केसीको निधनले गाउँनै शोकमा डुबेको अध्यक्ष ओझाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

अमेरिकाबाट पाइलट विषयमा अध्ययन गरेर विसं २०४६ मा नेपाल वायुसेवाबाट करियर सुरु गरी भारतको बैङ्गलोरस्थित इन्डियन एयरलाइन्स र पछिल्लो समय यती एयरलायन्समा आबद्ध क्याप्टेन केसीको निधनले रुपमा गाउँपालिकालाई अपूरणीय क्षति पुगेको जनाइएको छ ।

केसीलाई रुपा गाउँपालिकाको चौथो स्थापना दिवसको अवसरमा रुपा रत्न सम्मान २०७८ बाट समेत सम्मान गरिएको थियो । बैठकले केसीको नाममा अर्धकदको सालिकसहितको पार्क निर्माण गरी शिलालेखमा जहाजमा दुर्घटना भएका ७२ जनाको नाम लेखिने र पाइलट केसीका बारेमा स्थानीय पाठ्यपुस्तकमा समावेश गराउने निर्णय गरेको छ ।

साथै बैठकले सबै वडा कार्यालयमा ७२ वटा दीप प्रज्वलन गरी राष्ट्रिय झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ। सोही अनुरुप मंगलबार साँझ रुपाका सबै वडामा दिवंगत आत्माहरुको सम्झनामा दीप प्रज्वलन गरिएको थियो

More News last news
Loading...