काठमाडौँ । युवा कवि तथा समालोचक बैकुण्ठ बैभवका रुपमा परिचित बैकुण्ठ प्रसाद पौडेलले बैदेशिक रोजगार ब्यबसायी संघको सदस्यमा उमेद्वारी घोषणा गरेका छन् ।
यहि माघ ०६ गते बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा हुने बैदेशिक रोजगार व्यवसायी संघको चुनावमा उनी राजेन्द्र भण्डारी प्यानलबाट उमेद्वार बनेका हुन् । बिगत १० वर्षदेखि यो व्यवसायमा आबद्द पौडेल न्यु अल्फा एच.आर. सर्भिसेस प्रा. लि. का संचालक हुन् ।
शालीन, भद्र, बौद्धिक व्यक्तिको छवि बनाएका बैभवले विविध नेपाली साहित्यमा स्नातकोत्तर गरेका छन् । बिष्णु भट्टराईको कृति योग र साधना, बिष्णु देव पौडेलको कृति परिवेश तथा वारिस शाहको कृति शताब्दीमा सम्पादन तथा पोखराका चर्चित साहित्यकार कृष्ण उदासीको कृति नयन तालैमा लगायत धेरै कृतिमा भुमिका लेखन गरेका छन्।
साहित्यमा बढी रुची राख्ने पौडेल ब्यबसायमा पनि उत्तिकै सफल छन्। बैदेशिक रोजगार व्यवसायमा आबद्द पौडेल विभिन्न राजनैतिक दलसँग आस्था राख्ने ब्यबसायी र बिद्रोह समुहगरी ४ प्यानलका बीचमा हुन गइरहेको चुनावी प्रतिष्पर्धामा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंचबाट केन्द्रीय सदस्यका उमेद्वार बनेका हुन् ।
उनको प्यानलबाट अध्यक्षमा राजेन्द्र भन्डारी, प्रथम उपाध्यक्षमा डिक बहादुर खत्री (कुमार) द्धितिय उपाध्यक्षमा सन्जु गुरुङ, तृतीय उपाध्यक्ष रोसन कटुवाल, महासचिव मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी, कोषाध्यक्ष सरिता घले, सदस्यहरुमा बैकुण्ठ प्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डि.एम.सुब्बा) शिवहरि मैनाली (सितल), आनन्द प्रसाद कोइराला, खेमनाथ गौतम, मोहन प्रसाद आचार्य, राजेन्द्र बस्नेत, जनकलाल बस्तोला, श्यामचन्द्र खतिवडा, उमेश महतो उमेद्वार रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
