पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

पोखरा । पोखरा महानगरपालिका–१६ माथिल्लो दिप बस्ने १९ वर्षीय श्रम गुरुङको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ।

आफ्नै घरको छतमा गएको बेला अचानक हाईटेन्सन लाईनबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Advertisement

पोखरा महानगरपालिका–१५ कोलपाटनस्थित रौतहत घर भएका विकास पण्डितको मनकामना वर्कशपमा बुधबार राति आगलागी हुँदा वर्कसप पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

More News last news
Loading...