त्रिपुरेश्वरमा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं l त्रिपुरेश्वरमा भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१० बस्ने ४६ वर्षीय सुरजध्वज सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार गम्भीर घाइते भएका सुनारको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

Advertisement

गएराति गमती प्रदेश ०१ ०२७ च ८९८२ नम्बरको प्राइभेट भ्यानले १० बजे बा ३२ प २४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ। भ्यानसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

More News last news
Loading...