राष्ट्रसंघीय महासभामा रुसी प्रस्ताव पक्षमा नेपालको मतदान

काठमाडौँ l नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा रुसले राखेको प्रस्तावको पक्षमा मतदान गरेको छ । रुसले नाजीवादीलाई गौरवान्वित गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा राखेको प्रस्तावमाथि गत राति मतदान भएको थियो ।

प्रस्ताव पक्षमा नेपालसहित १ सय २० देशले मतदान गरेका छन् । अमेरिका, क्यानाडा, बेलायत, युक्रेन, फ्रान्स, इजरायल, नेदरल्यान्ड्स, नर्वे, जर्मनीसहित ५० वटा पश्चिमा देशहरुले प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

Advertisement

दक्षिण एशियाबाट नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तानले प्रस्तावको पक्षमा मतदान गरेका छन् । अफगानिस्तान भने मतदान प्रक्रियामा अनुपस्थित रह्यो । त्यसैगरी इक्वेडर, म्यान्मार, पलाउ, पानामा, पपुवान्युगिनी, स्विट्जरल्यान्ड, समाओ मतदान प्रक्रियामा अनुपस्थित रहे ।

रुसले अघि सारेको प्रस्तावमा अहिलेको जातीवाद, अन्य जातीय भेदभाव, विदेशीलाई घृणा गर्ने र अन्य सम्बन्धित असहिष्णुतालाई बढावा दिन नाजीवाद, नवनाजीवाद र अन्य अभ्यासलाई गौरवान्वित गराउने कार्यलाई नियन्त्रण गर्ने प्रस्ताव रहेको छ।

More News last news
Loading...