काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ।
नेपाली कांग्रेस काभ्रेको शनिबार बसेको बैठकले पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर-२ का सभापति महेश खरेललाई कारबाही गर्ने निर्णय गरी सिफारिस गरेको हो।
निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर-२ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी असहयोग गरेको तथा केन्द्रीय सदस्य द्वय आचार्य र लामा निर्वाचन प्रचार अभियानमा साथ नदिएको र विपक्षी उम्मेदवारलाई मत मागेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको नेपाली कांंग्रेस काभ्रेले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
